गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखलाई कालोमोसो, भीडीओ भाईरल

राजविराज– बागलुङको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्रप्रताव केसी (विजय) लाई बीच बाटोमा मोटरसाईकल रोकेर केही ब्यक्तिले कालोमोसो दलेको भीडीयो अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ।

घट्ना आईतबारको हो। केसीलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले कार्यालय समयमै कालोमोसो दलेको पाईएको छ। म्याद गुज्रेको औषधि खुवाएर आम बडिगाडबासीको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै कारबाही स्वरुप कालोमोसो दलेको उक्त पार्टीका जिल्ला इन्चार्ज अजनवीले बताएका छन्।

अजनवी र संयोजक प्रविणले आईतबार नै एक पत्र जारी गर्दै बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखको मिलेमतोमा म्याद सकिएको औषधि खरिद गरी कमिशनको खेलमा नागरिकको स्वास्थ्यमा खेलवाड गरेकाले कारबाही गरिएको जनाएका छन्।

म्याद सकिएको औषधि वितरण गरी खुवाई सकेपछि जनताको विरोध रहँदा रहँदै पनि गाउँपालिका अध्यक्ष र कर्मचारीको सेटिङमा आर्थिक दुरुपयोग गरी जनताप्रति उत्तरदायी नभएको भन्दै कारबाही गरिएको सो पार्टीले जनाएको छ।

कारबाही पत्र सार्वजनिक गर्दै क्रान्तिकारी पार्टीले ‘आर्थिक चलखेल सत्ताको दुरुपयोग गरी थप लुटतन्त्र मच्चाउँदै जाने र जनताको आवाजलाई दमन गर्ने कुनै पनि षड्यन्त्र मान्य नहुने’ बताएका छ। जनतालाई धम्की दिने, दवाव दिने र सत्ता र शक्तिको दुरुपयोग गरेका कारण क्रान्तिकारी पार्टीले कारबाही गरेको जनाएको छ।

जानकारी अनुसार केही समय अगाडी बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखाले १० देखि १९ वर्ष समूहका किशोरीले खाने आइरनचक्की वितरण गरेको थियो। सो आईरन चक्की म्याद गुज्रेको पाईएपछि गाउँपालिकाको अनियमितता वाहिर आएको थियो।

सो विषयमा बडिगाड गाउँपालिकाले पत्रकार सम्मेलन गरेर गल्ती लुकाउन खोज्यो। तर, स्वास्थ्य शाखाका कर्मचारीले भने गल्ती स्वीकार गरेका थिए। सोही विषयमा मिलेमतो गरी गाउँपालिकामा अनियमितता गरेको र स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै केसीमाथि कालोमोसो दलिएको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट