युट्युबरले प्रयोग गरेर मिल्काएका बाल गायक सचिन परियार अस्पतालको बेडमा छट्पटाउँदै

काठमाडौं– युट्युवरले कुनै समय भाईरल बनाएर मिल्काई दिएका बाल गायक सचिन परियार अहिले अस्पतलको बेडमा छट्पटाईरहेका छन् । एकताका सचिन युटुबरहरुको कन्टेन्टमा पहिलो रोजाइका पात्र थिए। उनको भिडियो भजार युटुबरले राम्रै कमाई गरे।

तर, शरीरको कम्मरमुनि कुनै अंग नचल्ने समस्याबाट पीडित भएका सचिन जीवन–मरणको दोसाँधमा हुँदा भने उनलाई चलाउने बोलाउने कोही छैन। हुन त उनको उपचारका लागि भन्दै अहिले पनि विदेशमा लाखौं रकम उठाईएको छ, तर त्यो पैसा पनि उनीसम्म पुग्न नदिईएको गुनासो छ।

देश–विदेशबाट लाखौँ रकम उठेपनि सो रकम बीचका पात्रहरुले नै गायब पारेकाले यो अवस्था आएको बताइएको छ। गत शुक्रबार युटुबर भोजराज थापाले सचिनका बाबु तेजेन्द्र परियारमाथि गम्भीर आरोप लगाए। सचिनको उपचारको लागि देश विदेशबाट सहयोग जम्मा गरेर करिब १२ लाख उठाएको तर, उक्त रकम तेजेन्द्रले रक्सी खाएर सकेको उनको दाबी छ।

तेजेन्द्रले भने ३ लाख मात्र पाएको र उक्त रकम सचिनकै उपचारमा खर्च भएको बताइरहेका छन्। ‘१२ लाख होइन्, मैले ३ लाख मात्र पाएको थिएँ। त्यो पनि छोरोका उपचारमै खर्च भयो’ उनले भनेका छन्, ‘अब खातामा एक रुपैयाँ छैन। गोजीमा ८÷१० हजार छ।’

युटुवरहरुले देश विदेशमा सचिनको नाम बेचेर उठाएको लाखौ रुपैयाँ आफै हडपेको उनको आशंका छ। ‘१२ लाख पाएको भए उहिल्यै अप्रेशन भइसक्थ्यो, आजसम्म यसरी बेडमा सुताइरहनु पर्थेन। कुन बाबुलाई चाहीँ छोरो विरामी भएर छट्पटिएको हेर्न मन लाग्छ’ उनले भनेका छन्।

युटुबरहरुले आर्थिक हिनामिना गरेको तेजेन्द्रको दाबी छ। टेलिभिजन कार्यक्रम इन्द्रेणीमा सचिनसहित पुगेका तेजेन्द्र परियारले सचिनलाई नसामा समस्या भएको बताए। थेरापी गर्दा अझै अवस्था बिग्रिएको उनको भनाइ छ।

तेजेन्द्रले छोरालाई यसैसाता हेटौंडाको आयुर्वेद अस्पतालमा लगेका थिए। त्यहाँबाट फर्किएपछि पनि सचिनको स्वास्थ्यमा सुधार छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट