तहसिलदारद्वारा अदालतभित्रै बलात्कारको प्रयास, के हो बास्तविक्ता ?

काठमाडौं– दाङ जिल्ला अदालत घोराहीका तहसिलदार निरन्जन बाबु पाण्डेले अदालतभित्रै आफुलाई बलात्कार प्रयास गरेको एक जना महिला सेवाग्राहीले आरोप लगाएकी छिन्।

घोराही–१७ मा डेरा बस्ने पीडित महिलाले सामाजिक सञ्जाल मार्फत ‘मुद्दा मेलमिलाप गराईदिने’ वहानामा पाण्डेले बलात्कारको प्रयास गरेको आरोप लगाएकी हुन्। सामाजिक संजालमा उनको भिडियो सार्वजनिक भएको छ। जसमा उनले पाण्डेमाथि आरोप लगाएकी छिन्।

अदालतमा ती महिलाको अंश मुद्दामा फैसला भई कार्यान्वयनको चरणमा थियो। अंश मुद्दाको फैसला कार्यान्वयन गर्दैगर्दा ती महिलाले जग्गा बाडफाडको क्रममा श्रीमानको महङ्गो जग्गा आफूलाई पार्नका लागि फेसबुकको म्यासेन्जरबाट दबाब दिने गरेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले पाण्डेले आफ्नो चरित्र हत्या गरेको भन्दै महिला विरुद्ध साइबर अपराधमा मुद्दा दिएको बताए। उनले आपराधिक लाभमा पनि मुद्दा आउने तयारी भएको बताए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

आरोप लागेका पाण्डेले अदालतको सेवाग्राहीमाथि आफूले केही नगरेको र चरित्र हत्या गर्न खोजेको प्रहरीलाई बयान दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट