बलात्कारीले मानसिक अवस्था कमजोर भएकी किशोरी पनि छोडेनन्

विराटनगर– मोरङको केराबारीमा मानसिक अवस्था कमजोर भएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। लेटाङ नगरपालिका–१ भोगटेनीका २७ वर्षीय कुलबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो।
मानसिक अवस्था कमजोर भएकी १८ वर्षीया युवतीलाई केराबारी गाउँपालिका–९ स्थित केराघारीमा लगेर विश्वकर्माले विहिवार बेलुका बलात्कार गरेको प्रहरीको आरोप छ।
मोरङ प्रहरीका डीएसपी रञ्जनकुमार दाहालका अनुसार घटना बिहीबार बेलुकी साढे ६ बजेतिरको हो। उनले युवतीलाई फकाएर केराघारीमा लगी बलात्कार गरेको जानकारी आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया