डीआईजी अर्जुन चन्दले फिर्ता लिए राजीनामा ? आईजीपीले गरेका थिए छलफल

काठमाडौं– नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले शनिवार दिएको राजीनामा फिर्ता लिएका छन्। उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए।

प्रहरी प्रधान कार्यालयमा परामर्शपछि उनले राजीनामा फिर्ता लिएको प्रहरी स्रोतले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखमा कार्यररत डीआईजी चन्दले विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच कुटपिट भएपछि राजीनामा दिएका थिए।

कर्मचारी र प्रहरीबीच कुटाकुट भएको घट्नामा डीएसपी, असई र जवानलाई कारबाहीको सिफारिस भएपछि उनी रुष्ट थिए। त्यसअघि पनि उनले डीआईजीहरुको सरुवामा प्रदेशको नेतृत्व खोजेका थिए तर, पाएका थिएनन्।

तर, उनको राजिनामा स्विकृत नगरी प्रहरी प्रधान कार्यालय, नक्सालले ‘रितपूर्ण’ नभएको भन्दै फिर्ता गरिदिएको छ। मानव स्रोत विभागमा पुगेको उनको राजीनामाको पत्र रितपूर्वक नभएकाले फिर्ता गरिदिएको एक उच्च प्रहरी अधिकृतले बताए।

सोमबार प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर, मानवस्रोत विभागका प्रमुख एआईजी टेकप्रसाद राईलगायतले चन्दसँग छलफल गरेका थिए। उनीहरु दुवैले चन्दलाई राजीनामा नदिन सुझाएको जनाईएको छ।

२९ वर्ष प्रहरी सेवामा बिताएपछि केही महिना बाँकी रहँदा राजीनामा दिँदा राम्रो सन्देश नजाने भन्दै ब्याचमेटसमेत रहेका आईजीपी कुँवरले उनलाई निर्णय फिर्ता लिन भनेका थिए। लामो छलफलपछि मानवस्रोत विभागका प्रमुख राईले ‘राजीनामाको पत्र समेत रितपूर्वक नभएको’ बताएका थिए।

महानिरीक्षक कुँवरले बरु केही दिन बिदा बस्न भनेकाले हाललाई चन्दको १० दिन बिदा स्विकृत भएको छ।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट