विमानस्थलमा कुटाकुट गर्ने अधिकृत र डीएसपीसहित चारै जनालाई कारवाहीको सिफारिस

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका अधिकृतलाई कुटपिट गरेको आरोप लागेका डीएसपीसहित ४ प्रहरीलाई कारबाही हुन गरेको छ। उक्त घट्ना छानविन गर्न वनेको समितिले चारै जनालाई कारवाही गर्न सिफारिस गरेको छ।

समितिले डीएसपी रेवतीरमण पोखरेल, असई सञ्जय तामाङ, प्रहरी जवान रविरन्जन गुप्ता र अर्का प्रहरी जवान राजकुमार महतोलाई कारवाही गर्न सिफारिस गरेको छ। डीएसपी पोखरेलको कमाण्डमा खटिएका तीन जनाले जिम्मेवारी उचित ढंगले पूरा नगरेको भन्दै समितिले प्रतिवेदन बुझाएको छ।

अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि कुटपिटमा उत्रिएका असई सञ्जय तामाङलाई निलम्बनका लागि सिफारिस गरिएको छ। शरीर खानतलासी गर्न नदिएमा पक्राउ गरेर कानुन कारबाही गर्न सकिनेमा कुटपिटमै उत्रिएको भन्दै असई तामाङलाई निलम्बनका लागि सिफारिसर गरिएको हो।

असई मोक्तानले अध्यागमन अधिकृतलाई कुटपिट गरेको बेला अन्य दुई प्रहरी जवान रविरन्जन गुप्ता र राजकुमार महतोले समेत छुट्याउनुको सट्टा उल्टै कुटपिट गरेको भन्दै उनीलाई समेत विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ। जवानद्वयको हकमा भने सामान्य विभाय कारबाही हुनसक्ने बताइएको छ।

त्यसैगरी अध्यागमन अधिकृत छायालाल मोक्तानलाई समेत कारबाही गर्नका लागि सिफारिस गरिएको छ। प्रहरीले जाँच गर्ने क्रममा शरीर खानतलासी गर्न पाउने अधिकार भएकाले जाँचका लागि सहयोग गर्नुपर्नेमा उल्टै जाँच गर्न नदिने र विवादमा उत्रिएकाले अध्यागमन अधिकृत मोक्तानलाई समेत कारबाहीका लागि सिफिारिस गरिएको छ।

मोक्तानलाई आचरण सम्बन्धी कारबाही गर्नुपर्ने र तत्कालै जिम्मेवारीबाट हटाएर मन्त्रालय तान्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। समितिले बुधबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो।

गत शुक्रबार दिउँसो मध्याह्न प्रहरी र अध्यामन अधिकृतबीच कुटाकुट भएको थियो। उक्त घट्ना छानविन गर्न १२ माघमा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यामन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्यरहेको छानविन समिति गठन भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट