टीभीको रिमोर्ट बनाउन बोलाउँदा १२ वर्षिया बालिका बलात्कृत

सर्लाही– सर्लाहीको हरिपुर नगरपालिका– ७ चिताइनमा टिभीको रिमोर्ट बनाउन बोलाईएका ब्यक्तिबाटै १२ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ४९ वर्षिय सिकिन्द्र चौधरीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शनिवार दिउँसो सिकिन्द्रले बालिकालाई बलात्कार गरेको खुलेको छ। घरमा कोही नभएको मौका छोपेर चौधरीले पीडित बालिकाकालाई बलात्कार गरेको सर्लाही प्रहरीका डीएसपी दीपेन्द्र पञ्जियारले बताए।

बालिकाले टीभीको रिमोट बिग्रिएकाले बनाई दिन भन्दै चौधरीलाई बोलाएकी थिईन। त्यही बेला घरमा कोही नभएको थाहा पाएपछि उनले बलात्कार गरेको प्रहरीको अनुशन्धानबाट खुलेको छ। साँझ कामबाट घरमा फर्किएका अभिभावकले बालिकालाई रोहिरहेको अवस्थामा देखेपछि सोधीखोजी गरेका थिए।

बालिकाले अभिभावकलाई घटनाको जानकारी गराएपछि उनीहरुले प्रहरीलाई खबर गरे। प्रहरीले चौधरीलाई शनिबार राति नै घरबाट पक्राउ गरेको छ। शारीरिक रुपमा अपांगता भएका चौधरीका श्रीमती र छोराछोरी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट