घरबाटो सिफारिस गर्न वडाध्यक्षलाई ५ लाख घुस, मुद्दा दर्ता

राजविराज– बाराको जितपुरसिमरा उपमहानगरपालिका ३ का वडाअध्यक्ष विरुद्ध अख्तियारले ५ लाख घुसलिएको आरोपमा मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो।

उपमहानगरपालिका–३ का वडा अध्यक्ष ताराबहादुर कार्कीले घरबाटो सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरी निवेदन अख्तियारमा परेको थियो। सोही आधारमा आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्कीलाई पक्राउ गरेको थियो।

अनुसन्धानको सिलसिलामा वडाध्यक्ष कार्कीले घरबाटो सिफारिस गर्ने भन्दै सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टी भएपछि ५ लाख रुपैयाँ विगो कायम गर्दै आयोगले बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगका सहसचिव एवम प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट