३४ र ३५ मतान्तरले भाग्यले चुनाव जितेका माओवादीका २ प्रदेश सांसद एकै पटक मन्त्री

विराटनगर– मंसिर ०७९ को प्रदेश सभा निर्वाचनमा भाग्यले जितेका माओवादीका दुई प्रदेश सांसदले कोशी प्रदेश सरकारमा मन्त्री बन्ने सौभाग्य पनि प्राप्त गरेका छन्।

उदयपुर क्षेत्र नम्बर २ को (१) बाट नेकपा एमालेका देवराज राईलाई ३५ मतले पराजित गरेर दोस्रो पटक प्रदेश सांसद बनेका नारायण बुर्जा मगर र संखुवासभामा एमालेका भविश्वर गुरुङलाई ३४ मतले हराएका राजेन्द्र कार्की दुवै मन्त्री मन्त्री बनेका छन्।

मुख्यमन्त्री भएको ४ महिनापछि केदारकार्कीले मन्त्रिपरिषद विस्तार गर्दा उनीहरु पनि समेटिएका छन। मगरले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् भने कार्की सामाजिक विकास मन्त्री बनेका छन्।

मगरले पहिलो कार्यकालमै मन्त्री बन्न जोरजुलुम गरेका थिए। यो पटक एमालेसँग मिल्दा पनि उनले सुरुमै मन्त्री हुने चाहाना राखेका थिए। नेकपा एमालेको सरकार ढलेपछि गठबन्धनको सरकार बन्दा पनि उनी पहिलो लटमै मन्त्री हुन चाहन्थे। तर, विवादले कोही मन्त्री भएनन्।

दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार हुँदा प्रधानमन्त्री पुष्पकमल दाहालका कान्छा ज्वाईं जीवन आचार्यले उनको अवसर गुमाई दिए। आचार्यसँगै संखुवासभाका राजेन्द्र कार्की मन्त्री भए। माओवादीमा दोहो¥याएएर चुनाव जित्नेमा संसदीय दलका नेता इन्द्र आङ्बोपछिका उनी मात्रै हुन।

त्यसबेला नाम नआएपछि उनले सचिवालयमार्फत असन्तुष्टि पनि जनाएका थिए। गत निर्वाचनमा उनी ८ हजार १०५ मत ल्याएर विजयी भएका थिए। उनका प्रतिद्वन्दी देवराज राईले ८ हजार ७० मत ल्याएका थिए।

संखुवासभाबाट निर्वाचित कार्की भने दोस्रो पटक मन्त्री बनेका हुन। उद्धव थापा नेतृत्वको सरकारमा उनी विनाविभागीय मन्त्री भएर विदा भएका थिए। निर्वाचनमा उनले १३ हजार ४३३ मत ल्याएर निर्वाचित हुँदा उनको प्रतिद्वन्द्वी गुरुङले १३ हजार ३९९ मत पाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट