मन्त्रालयमा सुदन किरातीको ‘स्टन्ट’: सफाई गर्न कै लागि त किन मन्त्री बन्नु ?

काठमाडौँ– बेलाबखत केही न केही उट्पट्याङ गरेर चर्चामा आईरहने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले शुक्रबार फेरी अर्को ‘स्टन्ट’ गरेका छन्।

मन्त्रालयले सफाई गरेको भीडियोले सामाजिक सञ्जालमा चर्चा पाईरहेको छ। यो भीडियो उनी आफैले सार्वजनिक पनि गरेका हुन। भिडियो सार्वजनिक गर्दै उनले बिहानी पख आफ्नै कार्यकक्ष शृङ्गार गरेको उल्लेख गरेका छन्।

बागमती सरसफाइ अभियानमा प्रत्येक हप्ता फोहोर टिपेर भाइरल भएका किरातीले शुक्रबार बिहान कार्यकक्ष सरसफाइ गरिरहँदा नजिके रहेकी कर्मचारी सामान सारिरहेकी थिईन। उनले जाडोमा चाँडो कार्यालय आउँदा रिस उठ्छ कि उठ्दैन भनेर कर्मचारीलाई सोधिरहेका देखिन्छन्।

कर्मचारीले गाह्रो लाग्दैन भनेर जवाफ दिन्छन्। किरातीले काम देशका लागि गर्नु पर्छ भन्छन्। उनले कर्मचारीको परिवारका बारेमा र यस्तो काम गरेको कति भयो भनेर सोधपुछ गर्छन। कर्मचारी भने हाँसिरहेकी हुन्छिन्।

उनको यो भीडियो सार्वजनिक भएपछि विभिन्न टिकाटिप्पणी गरेका छन्। सर्वप्रसाई त सरसफाई गर्ने कर्मचारीलाई ‘देशको लागि काम गर्नुपर्छ’ भन्दै उनले दिन खोजेको सन्देशको आलोचना भईरहेको छ। अर्कोतर्फ सधैं गर्न नसक्ने र असम्भव कुरामा उनले स्टन्ट गरेको भन्दै प्रत्रिक्रिया आईरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट