पति विदेश लागेपछि परपुरुषसँग प्रेममा परेकी गुडियाले भाईसँग मिलेर गरिन प्रेमीको हत्या
काठमाडौं– कपिलवस्तुमा टाउको काटेर एक युवकको हत्या गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–४ पिपरीका दिदी भाईलाई पक्राउ गरेको छ। पिपरीका श्याम कुमार उपाध्याय र उनकी दिदी पुष्पादेवी (गुडिया) पक्राउ परेका हुन।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। महाराजगंज नगरपालिका–६ भलवारीका २७ वर्षीय शिवकुमार कुर्मी हत्या आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कुर्मीको टाउको नरहेको शरीर र गुप्ताङ जलेको अवस्थामा सोमबार शव फेला परेको थियो। सो शवको टाउको शुक्रबार हत्या गरेको स्थान नजिकै गाडेको अवस्थामा प्रहरीले फेला पारेको छ। प्रहरीले हत्यामा प्रयोग भएका २ वटा बन्चरो, कोदालो र अन्य हतियारसमेत बरामद गरेको छ।
घटनामा संलग्न रहेका अन्यको पनि सूक्ष्म ढंगबाट खोजी भईरहेको डीएसपी हरिबहादुर वलीले बताए। हत्या आरोपमा पक्राउ परेकी गुडिया र मृतक कुर्मीबीच प्रेम सम्बन्ध रहेको बताइएको छ। गुडियाका पति वैदेशिक रोजगारीमा रहेका छन्।
मृतक कुर्मीकी श्रीमती, छोरी र छोरा छन्। आफ्ना पतिको हत्यामा संलग्न रहेका सबैलाई कडा कारवाही हुनुपर्ने मृतककी पत्नी उर्मिला कुर्मीले माग गरेकी छिन्।
लोकप्रिय
ताजा अपडेट
‘बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु’ भन्ने अमरेश किन पुगेनन् रास्वपा महाधिवेशनमा ? असन्तुष्टिको संकेत कि राजनीतिक दूरी ?

