नाच्न नजानेपछि ८ वर्षिय बालकमाथि शिक्षकको कुटपिट, तालुमा चोट

काठमाडौं– रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१२ सानाखोलामा रहेको जनकल्याण माध्यमिक विद्यालयका एक बालकलाई नाच्न नजानेको भन्दै शिक्षकले कुटपिट गरेका छन्।

कक्षा ३ मा पढ्ने ८ वर्षीय बालक धीरज आचार्यलाई ‘नाच्न लगाउँदा नटेरेको’ भन्दै शिक्षक खडक रोकायाले कुटपिट गरेको आफन्तको आरोप छ। अरु बालबालिका नाचेपनि धिरजले आफूलाई नाच्न आउँदैन् भनेर ननाचेकाले कुटपिट गरिएको जनाईएको छ।

शिक्षकको कुटपिटबाट धीरजको टाउकामा चोट लागेको छ भने ज्याकेटसमेत च्यातिएको छ। बाहिरी रुपमा चोट पटक नदेखिए पनि टाउकोको भित्री भाग दुखिरहेको धिरजले बताएका छन्।

विद्यालयका प्रधानाध्यापक झुपलाल शर्माले विद्यार्थीमाथि शिक्षकले कुटपिट गरेको स्वीकार गरेका छन्। तर, विद्यार्थीलाई त्यस्तो धेरै चोटपटक नलागेको उनले बताए। तालुमा हल्का चोट देखिएको उनको भनाई छ।

प्रधानाध्यापक शर्माले विद्यार्थीहरुको झगडाका क्रममा बालकलाई शिक्षकले हातले पिटेको उनले वताए। विद्यार्थीका आफन्तले बालकको उपचार रुकुमपश्चिममै रहेको चौरजहारी अस्पतालमा गराएको र थप उपचारका लागि अस्पतालले बाहिर पठाउनुपर्ने बताएका छन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट