पर्वत पुगेकी गायिका एलिना चौहानको साउन्ड टेक्निसियनसँग झगडा

काठमाडौँ– पर्वतको सदरमुकाम कुश्मा बजारमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवमा आईतबार गीत गाउँन पुगेकी गायिका एलिना चौहानको साउन्ड टेक्निसियनसँग झगडा परेको छ।

एलिनाले टेक्निसियनलाई साउन्ड सिष्टम मिलाउनुस् भनेपछि विवाद सुरु भएको थियो। एलिनाले सिस्टम मिलाउन भने लगत्तै टेक्निसियनलले एलिनालाई ‘आफ्नो भोकललाई क्लीयर गरेर हामीसँग लेबल माग्नु’ भन्दै जवाफ दिएका छन्।

एलिना कार्यक्रम स्थलमा पुग्दा पहिले देखिनै पानी परिहरेको थियो। सुरुदेखिनै साउन्ड सिस्टम खराबी देखिएपछि एलिनालाई गीत गाउन समस्या भएको थियो। तर, उनले जति नै गीत गाएपनि दर्शकबाट वान्समोरको हुटिङ भैरह्यो। त्यसपछि एलिनाले भनिन्– ‘साउन्ड सिस्टम मिलाउनुस्, म जति पनि गाइहाल्छु। पानी परेर पनि साउन्ड बिग्रिएको होला।’

त्यसपछि साउन्ड टेक्निसियनले जवाफ फर्काई हाले। एलिनाले ‘बोल्ने ढंग सुधार्नु’ भन्दै ‘यहाँ उभिएर एकचोटि हेर्नु त।’ भन्दै भनेकी छिन्। त्यसपछि केही बेरसम्म दुवै जनाबीच भनाभन भएको थियो। त्यसपछि एलिनाले ‘लाज लाग्दैन’ भन्दै टेक्निसियनलाई झपारेको भीडीओमा देखिन्छ।

दर्शकले पनि साउन्ड सिस्टममा समस्या भएको भन्दै टेक्निसियनलाई गाली गरेको भीडीओमा देख्न सकिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट