युरोप जाँदै गरेको डुङ्गा इन्जिन फेल भई समुद्रमा अलपत्र, भोकले ६० जनाको कहालीलाग्दो मृत्यु

काठमाडौं– लिबियाबाट युरोप जाँदै गरेको रवरको डुङ्गा इन्जिन फेल भई समुद्रमा अलपत्र हुँदा त्यसमा सवार ६० जना यात्रुको भोक र तिर्खाले मृत्यु भएको छ। करिव २५ आप्रवासीको भने उद्वार गरिएको छ।

भूमध्यसागर पार गरी अफ्रिकाबाट युरोप जाने क्रममा रहेको रबरको डुङ्गा तीन दिनको यात्रापछि इन्जिन फेल भएर समुद्रमा अलपत्र परेको थियो। त्यस क्रममा भोक र तिर्खाले १ महिला र १ बालकसहित ६० जनाको मृत्यु भएको बाँचेकाहरूले बताएका छन्।

एसओएस मेडिटेरेनियन नामक संस्थाका अनुसार महासागर वाइकिंग जहाजले बुधबार दुर्बिन मार्फत यो रबर डुङ्गा देखेको थियो। त्यसपछि इटालियन कोस्ट गार्डको सहयोगमा बाँचेकाहरुको उद्वार गरिएको थियो। उद्वार गरिएकाहरूको स्वास्थ्य अवस्था निकै नाजुक रहेको र उनीहरूको उपचार भइरहेको संस्थाले जनाएको छ।

गम्भीर अवस्थामा भेटिएका दुई जनालाई भने हेलिकप्टरबाट सिसिली लगिएको छ। बाँकी २३ जना अझै ओशन वाइकिंगमा छन्। यस जहाजमा दुई सय अन्य आप्रवासीहरू पनि छन्, जसलाई अन्य दुई डुङ्गाले उद्वार गरेका थिए।

दुर्घटनामा बाँचेकाहरूले बताएअनुसार उनीहरू सबै गत शुक्रबार लिबियाको उत्तरी तटमा रहेको जावियाबाट निस्किएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट