सुन प्रकरणमा पूर्व उपराष्ट्रतिका छोरा दिपेश पक्राउ परे लगत्तै अकस्मात दिल्ली पुगिन आरुजु !

काठमाडौं– सुन तस्करी प्रकरणमा नाम जोडिएकी कांग्रेस सांसद आरजु राणा अकस्मात् भारत पुगेकी छिन्। ‘बाघ कराउनु र वाख्रा हराउनु’ भने जस्तो पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पक्राउ परे लगत्तै आरुजु भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन।
उनी साँझ ५ बजेको एयर भिस्ताराको उडानबाट नयाँ दिल्ली प्रस्थान गरेको जनाईएको छ। उनी किन दिल्ली गएकी हुन् भनेर केही खुलाइएको छैन। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी राण केही दिनअघि मात्र भारतबाट फर्केकी थिइन्। भने शुक्रबार नै बाँदर नियन्त्रणसम्बन्धी अध्ययन गर्न आइतबार भारत प्रस्थान गर्न लागेको प्राविधिकहरूको टोलीलाई बिदाइ गरेकी थिइन्।
उनी प्रतिनिधि सभाको कृषि समितिकी सभापति पनि हुन्। आरजु भारतमै छँदा नेपालमा सत्तासमीकरण फेरिएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले २१ फागुनमा कांग्रेससँगको गठवन्धन तोडेर एमाले, रास्वपा र जसपासहितको गठवन्धन वनाई नयाँ सरकार बनाएका थिए।
सुन तस्करी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा उनी श्रीमती तथा सांसद मन्जु र आरजुको नाम निकै चर्चामा थियो। मन्जु र आरजु पक्राउ पर्न लागेको हल्ला पनि चल्यो। मन्जु निकै दिनसम्म सम्पर्क विहिन भईन। तर, पछि एकै पटक प्रतिनिधि सभाको वैठकमा देखा परेकी थिईन।