एम्बाप्पेले यो सिजनमै पुरा गरे तेस्रो ह्याट्रिक, मोन्टपेलियरमाथि ६–२ को जीत

काठमाडौं– मोन्टपेलियरमाथि ६–२ गोल अन्तरले जीत हासिल गर्दै पेरिस सेन्ट जर्मेनले (पीएसजी) लिग वानको शीर्ष स्थानमा १२ अङ्कले अघि बढेको हो। किलियान एम्बाप्पेको ह्याट्रिकको मद्दतले पीएसजीले यो जित निकालेको हो।
खेलमा भिटिन्हाले पीएसजीलाई अग्रता दिलाएका थिए। २२ औँ मिनेटमा एम्बाप्पेले टोलीको अग्रता दोब्बर बनाए । तर अरनाउड नोर्डिन र टेजी साभानियरले गोल गरेपछि मोन्टपेलियर खेलमा फर्कियो।
दोस्रो हाफको सुरुवातमा गोल गर्दै एम्बाप्पेले पुनः टोलीलाई अग्रता दिलाए। लगत्तै लि कङ–इनले अर्को गोल थपे। ६३ औँ मिनेटमा एम्बाप्पेले ह्याट्रिक पूरा गरे। खेलको अन्त्यमा नुनो मेन्डेसले पीएसजीको गोल संख्या आधा दर्जन पु¥याए।
यो सिजन लिगमा एम्बाप्पेले २४ गोल गरेका छन्। उनको यो तेस्रो ह्याट्रिक पनि थियो। २६ खेलबाट पीएसजीको ५९ अङ्क रहेको छ। दोस्रो स्थानमा रहेको ब्रेस्टको ४७ अङ्क छ।