मलहनियाँबाट लागु औषधसहित हनुमाननगरका ३ जना युवा पक्राउ

राजविराज– सप्तरीमा लागु औषधको ओसार पसार तिव्र बनेको छ। यसैक्रममा शुक्रबार तीन जना युवा सीमावर्ती क्षेत्र मलहनियाँबाट पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बोर्डर सुरक्षा बेस क्याम्प टिकलियाको गस्ती टोलीले सशस्त्र प्रहरीको गस्ती टोलीले हनुमाननगर कंकालिनी नगरपालिका –१ का २४ वर्षीय दिपक कुमार मण्डल, १८ वर्षीय राजकुमार मुखिया र २३ वर्षीय आनन्द मुखियालाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरी सिमा सुरक्षा गण –६ का एसपी धन बहादुर सिंहका अनुसार गोप्य सूचनाका आधारमा उनीहरु पक्राउ परेका छन। तीन जनाको साथबाट प्रोमेगाजिन हाईड्रोक्लोराईड इन्जेक्सन २४ थान, डाईजिपाम ईन्जेक्सन २४ थान र लुपिसजेसिक २४ थान लागु औषध बरामद भएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीले तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीको जिम्मा लगाएको छ।
प्रतिक्रिया