कान्ति बाल अस्पातालले उपचार गर्न नमानी फर्काएकी ७ वर्षीया बालिकाको मृत्यु

काठमाडौं– कान्ति बाल अस्पातालमा उपचार नपाएकी ७ वर्षीया बालिका सेन्जल शाहीको चाबहिलस्थित नेपाल–भारत मैत्री अस्पतालमा मृत्यु भएको छ। बागलुङ निसीखोलाकी सेन्जलको उपचारका क्रममा आइतबार मृत्यु भएको हो।

बालिकालाई कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएको थियो। गत मंगलबार राति पौने १२ बजे उनलाई कान्तिको इमर्जेन्सीमा लगिएको थियो। तर, अस्पतालका कर्मचारीले बेड छैन भन्दै उनलाई भर्ना लिएका थिएनन्।

बालिकाको अवस्था गम्भीर रहेकाले पीआईसीयूमा राखेर उपचार गर्नुपर्ने र अस्पतालमा पिआइसियू बेड खाली नभएको भन्दै बालिकालाई उपचार नगरी फर्काईएको थियो। तीनै बालिकाको आईतबार राती मृत्यु भएको उनको उपचारमा चासो राखिरहेका लक्ष्मणदत्त सुवेदी जानकारी दिएका छन्।

‘कान्ति बाल अस्पातालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सेन्जल शाहीको निजी अस्पतालमा उपचारकै क्रममा आज (आइतबार) निधन भएको छ। सेन्जललाई बचाउन उनको परिवार र अस्पतालका चिकित्सकले अनेक प्रयास गरेपनि सफल हुन सकेन।’– सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्।

कान्तिमा १ घण्टा अक्सिजनबिना होल्ड भएर फर्काइँदा बालिकाको अवस्था अझ गम्भीर बनेको उनेको र अन्त्यमा उनको मृत्यु भएको उनको भनाई छ। सरकारी अस्पतालले फर्काइदिएपछि बाध्यताले निजी अस्पतालमा उपचार गर्नुपर्दा बालिकाका अभिभावकले थप ८ लाख ऋणसमेत बोक्नु पर्ने अवस्था सिर्जना भएको सुवेदीको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट