श्रीमान श्रीमती हानाहान, दुवैको घाँटी काटिएको र गम्भिर अवस्थामा उद्वार

काठमाडौं– बाँकेको खजुरा गाउँपालिका– ३ मा एक दम्पत्ति आपसमा हानाहान गरेर गम्भिर अवस्थामा फेला परेका छन्। २९ वर्षीय महेन्द्र रावत र उनकी २७ वर्षीया पत्नि गम्भीर अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उनीहरू आफ्नै घरको कोठाभित्र घाँटीमा गहिरो घाउ भएको अवस्थामा फेला परेपछि उद्धार गरी अस्पताल पु¥याइएको छ। उनीहरूको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको र दुबैको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सुवासचन्द्र बोहराले बताए।

‘श्रीमान–श्रीमतीले झगडा गरिरहेको भन्ने खबर आएको थियो, गएर हेर्दा श्रीमान–श्रीमती घाँटीमा गहिरो घाउ लागेको गम्भीर अवस्थामा फेला परेपछि उद्धार गरी अस्पताल लगिएको छ।’– उनले भने।

प्रहरीका अनुसार उनीहरू चुकुल लगाएको अवस्थामा कोठाभित्र थिए। ढोका फोडेर उनीहरूलाई उद्धार गरीएको हो। एसपी वोहोराका अनुसार श्रीमान–श्रीमतीले आपसमा हानाहान गरेको जस्तो देखिएको छ। मासु काट्न प्रयोग हुने जस्तो धारिलो हतियार दाउ पनि नजिकै फेला परेको उनले वताए।

आमा बाहिर निस्किएको समयमा उनीहरूले एकले अर्कालाई घाँटीमा धारिलो हतियार प्रहार गरेको आशंका प्रहरीको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट