भाईको कोठामा बोलाएर १७ वर्षीया किशोरीमाथि बलात्कार, एक जना पक्राउ
रसुवा– १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा रसुवाको नौकुण्ड गाउँपालिका–१ का २० वर्षीय लाक्पा घले पक्राउ परेका छन्।
प्रहरीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो। घलले ती किशोरीलाई कालिका गाउँपालिका–२ घुम्ती बजारस्थित भाइ नाता पर्नेको कोठामा बोलाएर बलात्कार गरेको खुलेको छ।
सोमबार दिउँसो कुराकानीका क्रममा बोलाएर बलात्कार गरेको भन्दै उजुरी परेपछि इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको प्रहरीले घलेलाई पक्राउ गरेको हो।
घट्नाको अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया