विरालोले नङ्ग्य्राएर रेविज विरुद्धको खोप लगाउँदा महिलाको मृत्यु

धनगढी– विरालोले नङ्ग्य्राएपछि उपचाररत भजनी नगरपालिका ४ खैलाडकी एक महिलाको विहिवार मृत्यु भएको छ।

हाल धनगढीमा बस्दै आएकी ४० बर्सिया सीता डंगौराको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो। उनी अस्पतालमा सुई लगाउन गएकी थिईन।

मृतकका आफन्तका अनुसार १५ चैतमा उनलाई घरकै बिरालोले खुट्टामा नङग्रयाएको थियो। आइतबार उनी रेबिज विरुद्धको दोस्रो डोजको सुई लगाउन आफै अस्पताल पुगेकी थिइन्। डाक्टरले सुई लगाउने बित्तिकै आफूलाई अप्ठ्यारो भएको भन्दै डंगौराले बहिनीलाई फोन गरेकी थिईन।

बहिनी अस्पताल नपुग्दै उनलाई भेन्टिलेटरमा राखिसकेको मृतककी आफन्त मनीषा चौधरीले जानकारी दिईन। अस्पतालले आज उनलाई मृत घोषणा गरी शव लैजान भनेको छ। तर मृतकका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै शव बुझ्न मानेका छैनन्।

मर्नुअघि सीताले आफुहरुलाई पटक–पटक केही कुरा बताउन खोज्दा पनि नर्सहरूले नदिएको आफन्तको गुनासो छ। सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले यो घट्नामा अस्पताल र चिकित्सकको कुनै गल्ती नभएको बताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट