घुसबाट भक्तपुरमा आमाको नाममा ३ आना जग्गा जोडेका इन्जिनियर विरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ – घुस बापत लिएको रकमबाट भक्तपुरको साविक गुण्डु गबिस –३ मा झण्डै तीन रोपनी जग्गा जोडेका इञ्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

लुम्बिनी विकास कोषका योजना प्रमुखसमेत रहेका इञ्जिनियर सरोज भट्टराईविरुद्ध अख्तियारले आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।

भट्टराईले कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुस बापत माग गरेको ८० लाख रुपैयाँ तेस्रो व्यक्तिको खातामा पठाएर आमा जनक नन्दनी भट्टराईको नाममा जग्गा किनेको अख्तियारको दावी छ।

भक्तपुरको साविक गुण्डु गबिस –३ को कित्ता नम्बर १३७४ को दुई रोपनी ९ आना र १३७५ को दुई आना जग्गा खरिद गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। ८० लाखमा खरिद गरेको उक्त जग्गा निर्माण सेवासँग सम्बन्धित दुई फरक फरक व्यक्तिसँग बैंकमार्फत लिएको आयोगको दाबी छ।

आयोगले भट्टराई र उनकी आमालाई पनि विपक्षी बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट