भाईको हत्या गरेर गुमनाम भएका जनकराजलाई प्रहरीले यसरी समात्यो
काठमाडौं– ९ वर्षअघि आफनै भाईको हत्या गरेर फरार भएका अर्घाखाँचीको शितगङ्गा नगरपालिका–१२ रजियाका जनकराज भुसाल पक्राउ परेका छन्।
१ महिनादेखि घरमा आएर वस्न थालेको सूचनापछि उनलाई शुक्रबार ठाडादहबाट प्रकाउ गरिएको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।
जनकराजले प्रहरी समक्ष भाई राजन भुसालको हत्या गरेको स्विकार गरेका छन्। थप अनुसन्धानको लागि अदालतबाट ७ दिन म्याद लिएर जनकराजलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया