सूर्य ग्रहणका बेला आफनै पतिको बली दिने यी हुन अमेरिकी ज्योतिषी महिला!

काठमाडौं– सोमबार (८ अप्रिल) को सूर्यग्रहणबाट निकै चिन्तित भएकी एक अमेरिकी ज्योतिषी महिलाले आफनै पतिको वली दिएर आफुले पनि आत्महत्या गरेकी छिन्। महिलाको मुर्खतापूर्ण क्रियाकलापका कारण उनकी ८ महिनाकी छोरीले पनि ज्यान गुमाएकी छिन्।

लस एन्जलसमा वस्ने ड्यानियल जोन्सनले सूर्यग्रहण लागेपछि विहानीपख आफ्ना श्रीमानको छातीमा छुरा प्रहार गरी हत्या गरेकी हुन। त्यसपछि उनी आफ्ना ८ महिना र ९ वर्षकी छोरी कारमा हालेर फ्रि वे (हाईवे) मा निस्किएकी थिईन।

त्यहाँ उनले दुवै छोरीलाई कारबाट फालिदिईन। त्यसपछि केही पर पुगेर आफुले चलाईरहेको कार पनि एउटा रुखमा लगेर ठोक्काईन। जसका कारण उनको मृत्यु भएको जनाईको छ। तत्कालै पुगेको प्रहरीले ड्यानियलका दुवै छोरीलाई अस्पताल भर्ना गराएको थियो।

उपचारका क्रममा ८ महिने छोरीको मृत्यु भएको छ भने अर्की छोरीको उपचार भईरहेको छ। कार ठोक्किएपछि मृत्यु भएकी ड्यानियलको शव टुक्रा टुक्रा भएर छुट्टिएको र पहिचान गर्न समेत गाह्रो भएको प्रहरीले जनाएको छ। ठक्कर अघि कार १६० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको प्रहरीले पत्ता लगाएको छ।

ड्यानियलको मृत्यु भएपछि घर पुगेको प्रहरीले उनका पतिको पनि शव फेला पारेको थियो। ड्यानियलको पतिको हत्यालाइ धेरैले बलि परम्परासँग जोडेर अर्थ्याईरहेका छन्। अमेरिकी समुदायमा ग्रहणको बारेमा धेरै अन्धविश्वास छ। ग्रहणलाई संसारको अन्त्यसँग जोडेर भविस्यवाणी गर्ने गरिएको छ।

घट्नाको अनुशन्धान गरिरहेको प्रहरीले ड्यानियलको वेबसाईट पनि चेक गरेको छ। लस एन्जलस टाइम्सका अनुसार ती महिला सूर्यग्रहणलाई लिएर चिन्तित थिइन्। उनले आफ्नो वेबसाइटमा ‘यो सूर्यग्रहण आध्यात्मिक युद्धको चेतावनी हो, यस्तो अवस्थामा आफ्नो हृदय शुद्ध राख्नुहोस् र आफ्नो सुरक्षामा ध्यान दिनुहोस्। संसार धेरै छिटो परिवर्तन हुँदैछ। यस्तो अवस्थामा हामीले कुन पक्षमा बस्ने भनेर रोज्ने समय आएको छ।’ ’ भन्दै पोष्ट गरेको पाईएको छ।

सोमबारको सूर्यग्रहण अमेरिकाबाहेक मेक्सिको र क्यानडामा पनि देखिएको थियो। जहाँ ४ मिनेट २८ सेकेण्डसम्म दिउँसै अँध्यारो भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट