सुस्त मनस्थितीकी २० वर्षीया किशोरीलाई बन्धक बनाएर ३ जना खलासीले गरे सामुहिक बलात्कार

काठमाडौं– काठमाण्डौंको माछापोखरी स्थित गंगाजमुना गेष्ट हाउसमा सुस्त मनस्थितीकी २० वर्षीया किशोरी सामुहिक बलात्कारमा परेको खुलासा भएको छ। बसका तीन जना सहचालकहरु मिलेर किशोरीलाई विभिन्न प्रलोभनमा पारी होटलसम्म पुर्याएका थिए।

प्रहरीले घट्नामा संलग्न भएको आरोपमा धादिङको गजुरी घर भई माछापोखरी बस्ने २२ वर्षीय जयराम बुढाथोकी, सल्यानको दार्मा गाउँपालिका–६, किम्टाकुरा घर भई कीर्तिपुर बस्ने २३ वर्षीय दीपक बुढाथोकी र धादिङको ज्वालामुखी गाउँपालिका–४, गैरीगाउँ घर भई सतुंगल बस्ने २९ वर्षीय मधु गुरुङलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंमा पीडितका बुबाले दर्ता गराएको जाहेरी अनुसार पीडित युवती २ चैतमा बुबालाई भेट्न भन्दै धादिङबाट बा ५ ख ८४४३ नम्बरको बस (ग्रामीण यातायात) चढेर काठमाडौं पुगेकी थिइन्। माछापोखरीमा झर्ने क्रममा उनलाई बसका सहचालकले प्रलोभनमा पारेर होटलमा पुर्याएका थिए।

उनीहरुले होटलको कोठा नं.८ मा पुर्याएर पहिला मोवाइल कब्जा गरी त्यसपछि पालैपालो बलात्कार गरेका थिए। बलात्कारको शिकार भएपछि उनी समयमा बुबासम्म पुगिनन्। बस चढेर हिडेकी छोरी कोठामा नपुगेपछि उनले एक जना आफन्तलाई खोजी गर्न अह्राएका थिए।

बस पार्कमा पुगेर खोजी गर्दा फेला नपरेपछि उनीहरुले प्रहरी वृत्त, बालाजुमा खोजतलासको निवेदन दिए। त्यसको राती करिव ८ बजे किशोरीले आफू गुम्बामा रहेको बताईन। आफन्त लिन पुगे। त्यसै क्रममा उनले आफुमाथि बलात्कार भएको वताएकी थिईन।

प्रहरीका अनुसार घट्नाका मुख्य आरोपी मधु गुरुङ हुन। उनले नै सहचालक दीपक बुढाथोकी र जयराम बुढाथोकीलाई बसमा बोलाएर बलात्कारका विषयमा कुराकानी गरेकोस्वीकार गरेका छन्। तर, उनीहरुले सहमतिमै सम्बन्ध राखेको दाबी गरेका छन्।

तीनै जनाविरुद्ध बलात्कारको कसूरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट