‘महेश वस्नेतको ०७२ सालमै परिवार नियोजन, भ्रुण हत्या र बलात्कारको आरोपमा दावी पुगेन’

काठमाडौं– नेकपा (एमाले) का नेता महेश बस्नेतविरुद्ध परेको बलात्कारको उजुरीमा प्रहरीले प्रमाण नपुगेको राय सरकारी वकिललाई पठाएको छ।

प्रमाण पुगेका बखत मात्र कार्यान्वयन गर्ने गरी सरकारी वकिल कार्यालयलाई प्रहरीले राय पठाईएको हो। प्रहरी परिसर काठमाडौँले उक्त उजुरीमाथि अनुसन्धान गरी तत्काललाई तामेलीमा राख्न सिफारिस गरेको हो।

पूर्वमन्त्रीसमेत रहेका बस्नेत विरुद्ध काठमाडौँ प्रहरी परिसरमा हुलाक मार्फत फौजदारी कसुरमा उजुरी परेको थियो। मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएपछि प्रहरीले अनुसन्धान गरी केही दिन अघि सरकारी वकिल कार्यालयलाई रायसहितको अनुसन्धान प्रतिवेदन पठाएको थियो।

यसअघि जाहेरवालाले प्रहरीमा आफुहरुलाइ बद्नाम गर्न खोजेको भन्दै उजुरी दिएकी थिइन। पछि आफू महेश बस्नेतकै कारणले पीडित भएको भन्दै आएको उजुरीमा तालमेल नमिलेको तथा उनले दाबी गरेका आधार तथ्यमा आधारित नभएको, प्रमाणहरू अपुग भएको, प्रमाणित नभएको देखाउँदै प्रहरीले तामेलीमा राख्न सिफारिस गरेको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ।

पूर्वमन्त्री बस्नेतले ०७२ सालमै परिवार नियोजन गरेको पाइएकाले भ्रुण हत्याका सम्बन्धमा पनि दाबी नपुग्ने स्रोतले जनाएको छ। पूर्वमन्त्री बस्नेतमाथि एक महिलाले १५ दिनको भ्रुण हत्या गराएको आरोप लगाउँदै उजुरी गरेकी थिइन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट