रानीमा आज पनि झडप, डीएसपीसहित आधा दर्जन प्रहरी घाईते, ८ सेल अश्रुग्यास प्रहार

विराटनगर– राम नवमीमा निकालिएको  र्‍यालीमा अवरोध भएपछि बुधबारबाट विराटनगरको रानी क्षेत्रमा सुरु भएको हिन्दु मुस्लिम तनाव अझै साम्य भएको छैन। दुई पक्षबीच बिहीबार पनि झडप भएको छ।

बुधबार रामनवमीको अवसरमा हिन्दु समुदायले निकालेको  र्‍यालीमा मुस्लिम समुदायले अवारोध गरेको भन्दै प्रतिकार गर्दा झडप सुरु भएको थियो। त्यतिबेला प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेको थियो।

तर, सोही विषयमा बिहीबार दिउँसो करिव ३ बजे ९/१० जना व्यक्तिले सभा गरेपछि ति मध्येका विराटनगर महानगरपालिका–१५ का २६ वर्षीय राजन झा र विराटनगर–१५ कै २४ वर्षका रितेश झालाई प्रहरीले नियन्त्रणमा लियो।

उनीहरुलाई नियन्त्रणमा लिएको विरोधमा पनि साँझ ५ बजेपछि प्रदर्शन सुरु भयो। प्रहरीले आन्दोलनरत टोलीलाई रोक्न खोजेपछि झडप भएको भयो। झडपमा डीएसपी वेदप्रकाश जोशीसहित आधा दर्जन प्रहरी घाईते भएका छन्। स्थिति नियन्त्रणमा लिन ८ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

बुधबारको अवस्थालाई मध्येनजर गर्दै समुदायबीच झडप हुन नदिन जिल्ला प्रशासन कार्यालय मोरङले अनुमति नलिई सभा, जुलुस, भेला तथा धार्मिक समारोह नगर्न बिहीबार सूचना जारी गरेको थियो। तर, त्यसको उलंघन भएपछि नियमन गर्ने क्रममा झडप भएको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट