मार्ने धम्की दिएर ६६ वर्षीया महिलालाई बलात्कार, एक पुरुष पक्राउ

राजविराज– ६६ वर्षीया महिलालाई मार्ने धम्की दिएर बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरमा एक जनालाई पक्राउ गरेको छ।
लिम्चुङबुङ गाउँपालिका–४ लाकुका ५७ वर्षीय श्यामशेर राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
राईले ती महिलालाई ज्यान मार्ने धम्की दिएर आइतबार दिउँसो बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ। सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङको टोलीले राईलाई पक्राउ गरेको हो।
घट्नाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रतिक्रिया