बाबुआमासँगको झगडाको रिस फेर्न ३ वर्षीया बालिकाको हत्या
लहान– सिरहाको सिरहा नगरपालिका–१८, जरुवा लक्ष्मीनियाँमा दुई छिमेकी परिवारको झगडाका कारण ३ वर्षीया अबोध बालिकाको हत्या भएको छ।
स्थानीय ७२ वर्षीय धनिकलाल यादवको परिवारै मिलेर छिमेकी रमेश यादवकी ३ वर्षीया छोरी रिया कुमारीको हत्या गरिएको हो। हत्या आरोपमा धनिकलालकी पत्नि ४७ वर्षीया सोनादेवी र छोरी पूजाकुमारी पक्राउ परेका छन्। धनिकलाल भने फरार भएको प्रहरीले जनाएको छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार करिब एक वर्षदखि रमेश र धनिकलालको परिवारका बीचमा झगडा थियो। सोही रिसइबीका कारण रियाको हत्या गर्ने योजना बनेको अनुशन्धानबाट खुलेको छ।
१२ गते रिया खेल्दै धनिकलालको घरछेउमा पुगेपछि विस्कुट दिने लोभ देखाएर उनलाई घरभित्र लगिएको र विस्कुट खाईसकेपछि घाँटी थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
१२ वैशाखको विहान करिव साढे १० वजे घर अगाडि खेलिरहेकै बेला रिया अचानक हराएकी थिईन। खोजतलासका क्रममा १४ गते राति साढे ११ बजे रमेशको घरमा उनको शव फेला परेको थियो। छतमा जाने भ¥याङको मुनी मुसुरो झिक्राभित्र प्लाष्टिकको बोरामा राखेर लुकाईएको अवस्थामा रियाको शव फेला परेको डिएसपी सापकोटाले बताए।