‘सुधन गुरुङ गर्लफ्रेण्डसहित बसेको रिसोर्टमा प्रहरी छापा’: सिसिटिभी सिस्टम जफत

काठमाडौँ— पूर्वगृहमन्त्री सुधन गुरुङ केही समयअघि गर्लफ्रेण्डसहित रात विताउन पुगेको सिन्धुपाल्चोकको भोटेकोशी हेली रिसोर्टमा प्रहरीले मंगलबार छापा मारेको छ। प्रहरीले त्यहाँका कर्मचारीहरूको मोबाइल फोनदेखि सिसिटिभी सिस्टमसम्म नियन्त्रणमा लिएको खुलासा भएको छ।

सादा पोसाकमा पुगेको प्रहरी टोली आफूहरूलाई ‘प्रहरी’ भनेर परिचय दिँदै रिसोर्टभित्र प्रवेश गरेको थियो। त्यसपछि कर्मचारीमाथि दबाब सिर्जना गर्दै सम्पूर्ण निगरानी सिस्टम जफत गरेको जनाईएको छ। घटनापछि रिसोर्टका कर्मचारीहरू त्रसित अवस्थामा तातोपानी बजारतर्फ पुगेका थिए।

कर्मचारीका अनुसार मङ्गलवार अचानक केही व्यक्ति रिसोर्टमा पुगे। आफुहरु प्रहरी भएको बताए। उनीहरूले ‘दुई महिनाअघि यहाँ चोरी भएको थियो, त्यसको फुटेज चाहियो’ भन्दै सिसिटिभी फुटेज माग्न थाले। तर, रिसोर्टका कर्मचारीहरू सशंकित भए। स्थानीय तातोपानी प्रहरी चौकीका परिचित प्रहरी नभएकाले रिसोर्ट व्यवस्थापनसँग सम्पर्क गर्दा कानुनी प्रक्रिया अनुसार सर्च वारेन्ट माग्न सुझाव दिइयो। त्यसपछि कर्मचारीले वारेण्ट मागरे। वारेन्ट मागेपछि उल्टै हप्कीदप्की गरिएको र केही समयमै थप प्रहरीसहित ठूलो टोली रिसोर्टमा पुगेको उनिहरु बताउँछन्।

त्यसपछि अवस्था झन् तनावपूर्ण बनेको कर्मचारीहरूको भनाइ छ। प्रहरी टोलीले रिसोर्टमा कार्यरत कर्मचारीहरूको मोबाइल फोन खोसेको, सिसिटिभी क्यामेरा प्रणालीसँग सम्बन्धित सम्पूर्ण उपकरण नियन्त्रणमा लिएको र त्यहाँ रहेका डिजिटल सामग्री आफूहरूसँगै लगेको आरोप छ। कर्मचारीहरूका अनुसार रिसोर्टको प्रविधि प्रणालीमा दुई महिनासम्मको फुटेज सुरक्षित रहने व्यवस्था नै छैन। तर, प्रहरी टोलीले ‘हामी रिकभर गर्छौँ’ भन्दै पुरानो डेटा खोज्न जोड दिएको उनीहरूको भनाइ छ।

घटनाको संवेदनशील पक्ष भनेको ‘उनिहरुसाँच्चै प्रहरी हुन् कि होइनन’ भन्ने हो। यद्यपी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले आफ्नो टोली त्यहाँ पुगेको पुष्टि गरेका हुन्। घटनापछि अहिले भोटेकोशी हेली रिसोर्ट थप चर्चामा आएको छ। उक्त रिसोर्ट व्यवसायी सुवास प्रधानको लगानीमा सञ्चालन हुँदै आएको बताइएको छ। प्रधान हाल कास्की प्रहरीको नियन्त्रणमा रहेका छन्।

रिसोर्टका एक कर्मचारीका अनुसार पूर्वगृहमन्त्री सुधन गुरुङ चैतको पहिलो साता उक्त रिसोर्टमा बास वस्न पुगेका थिए। उनी एक महिला साथीसहित आएको दाबी कर्मचारीको छ। रिसोर्ट व्यवस्थापनले परिवार वा श्रीमतीबाहेक अन्य महिला साथीसँग आउने पाहुनाको हकमा दुवै जनाको परिचयपत्र अनिवार्य माग्ने नियम बनाएको छ। तर, ति महिलाले परिचयपत्र दिन अस्वीकार गरे पनि ‘सुधन गुरुङ’ नामको एउटा आइडी भने अहिले पनि रिसोर्टसँग सुरक्षित रहेको दाबी कर्मचारीले गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट