पूर्जा शर्मालाई समिक्षाको कटाक्षः सिनेमा चलाउन अभिनय पर्दा बाहिर होइन, पर्दाभित्र गर्न सक्नुपर्छ
काठमाडौं– नायक पल शाहको बलात्कार प्रकरणपछि गायीका समिक्षा अधिकारी र नायीका पूजा शर्माको सम्वन्ध सुमधुर देखिएको छैन। मौका पाउँदा उनीहरु एकअर्काप्रति कटाक्ष गर्न पछि पर्दैनन्।
गायिका समीक्षा अधिकारी यतिखेर ‘बोक्सीको घर’ मा समावेश एउटा गीतका कारण चर्चा छिन्। प्रकाश सपुतसँग सहकार्य गरेर समिक्षाले गाएको ‘बुझिनँ मैले’ बोलको गीत चर्चाको शिखरमा छ।
फिल्म ‘बोक्सीको घर’ ले पनि अहिले राम्रो व्यापार गरेको छ। गीत र फिल्म हिट भएपछि समीक्षाले फेसबुकमार्फत उक्त फिल्मकी नायिका केकी अधिकारीलाई बधाई दिएकी छन्।
‘बुझिन मैले बुझाइदेऊ कसैले भन्ने गीत गाइसकेपछि मैले बुझें– सिनेमा चलाउन अभिनय पर्दा बाहिर होइन, चलचित्रभित्र गर्न सक्नुपर्छ’ समीक्षाले लेखेकी छिन्–‘धेरै धेरै बधाई केकी अधिकारी दिदी अनि चलचित्र बोक्सीको घर परिवारलाई।’
समीक्षाको यो स्टाटस मार्फत ब्यंग्य समेत गरेको चर्चा छ। उनको निशानामा पूजा परेकी छिन्। तर, उनले कसैको नाम भने उल्लेख गरेकी छैनन्। यसअघि पनि उनले बहुरूपी औरत उल्लेख गर्दै स्टाटस लेखेकी थिइन्। उनले लेखेकी थिइन्, ‘अस्ति फिल्म चलाउन रोएको नाटक ग¥यौ। हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ प¥यौ। आज फेरि आफ्नो फाइदाका लागि उतैतिर चाकडी गर्दै रहेछौ। बहुरूपी औरत।’
अभिनेत्री पूजा शर्मालाई फिल्म चलाउनकै लागि विभिन्न बाहाना बनाउने गरेको आरोप लाग्दै आएको छ। फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको बेला फिल्म चलाउन पूजा रोएकी थिइन्। त्यति बेला फिल्मका अभिनेता पल शाह बलात्कार मुद्दामा जेल परेका थिए।
उक्त समयमा पूजाले पलको पक्षमा विभिन्न अभिव्यक्ति दिँदै आइरहेकी थिइन्। पछि पलसँगको सम्बन्ध चिसिएपछि उनी समीक्षासँग निकट पनि देखिएकी थिइन्। तर अहिले फेरि पल र पूजाको मिलन भएको छ। पल र पूजाको सम्वन्ध सुधारभएपछि समिक्षा र पुजा टाढिएको छ।