सिन्दुर हालिसकेपछि पञ्चायती बसेर विवाह रद्द, वेहुली विनाको वेहुलो लिएर फर्किए जन्ती

राजविराज– भनिन्छ, जीवन साथी भगवनाले नै बनाएर पठाउँछन्। कतिपयले यो भनाईलाई मान्दैनन्, तर कतिपय यस्ता घट्ना हुन्छन जस्ले गर्दा यो भनाईलाई मान्नै पर्ने बाध्यता आईलाग्छ। भारतको विहार स्थित शिवहरको तरियानी प्रखण्डमा दुई दिनअघि यस्तै अनौठो घट्ना भएको छ।

जानकारी अनुसार समस्तीपुर जिल्लाको मुफ्फसिल थाना क्षेत्रमा पर्ने लगुनिया गाउँका वेहुला वैण्डबाजासहित जन्तीको लावालस्कर लिएर तरियानीस्थित वेहुलीको घरमा पुगे। फुलमाला भयो। जन्तीको स्वागत र खानपिन धुमधामसँग सम्पन्न भयो। वेहुला वेहुली विवाहको मण्डपमा वसे। पण्डितले वैदिक मंत्रोच्चारणसहित विवाहको कार्यक्रम अगाडि वढाए।

अधिकांश काम पुरा भयो। वेहुलाले वेहुलीलाई सिन्दुर पनि लगाई दिए। जव वेहुलालाई कपडा पहिर्याउने समय आयो अनि विवाह भाँडियो। वेहुलीले वेहुलाको घर नजाने भनेर अड्डी लिईन। जन्ती र घर गाउँलेमा हाहाकार मच्चियो। अन्त्यमा वेहुलीसँग सोधपुछ गर्दा उनले विवाह अस्विकार गर्नु पर्ने कारण थियो– वेहुलाको खुट्टा।

वेहुलाले जव कपडा फेर्दै थिए, त्यस वेला वेहुलीको आँखा उनको खुट्टामा पर्यो। भनाई अनुसार वेहुलाका खुट्टा अति नै ठुला (हात्ति पाईले) थिए। त्यो देखेपछि वेहुलीको होस उड्यो। उनले कुनै पनि सर्तमा यो विवाह स्विकार गर्न नसक्ने वताईन।

त्यसपछि पनि दुवै पक्ष मिलेर वेहुलीलाई फकाउने अनेक प्रयास भए, तर काम वनेन। यसै क्रममा वेहला र वेहुली पक्ष विवाद र हात हालाहालको अवस्था आयो। अन्त्यमा पञ्चायती वस्यो। पञ्चायतले वेहुला पक्षको गल्ती देखाउँदै जन्तीको स्वागतमा भएको खर्च तिराउने निर्णय गर्यो।

वेहुलाले सवै खर्च तिरे। अनि वेहुली नलिई खाली हात जन्ती लिएर गाउँ फर्किए। अहिले यो घट्नाका सुनेर अधिकांश मानिस आश्चर्यमा परेको भारतीय मिडिया नवभारत टाईम्सले लेखेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट