सन्दीप लामिछाने प्रकरणमा रचना रिमालले भनिन्ः कि सजाय देउ, कि विश्वकप खेल्न देउ
काठमाडौं– क्रिकेटर सन्दिप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दामा आज पेशी तोकिएपनि हेर्न नमिल्नेमा परेपछि गायिका रचना रिमालले असन्तुष्टि ब्यक्त गरेकी छिन्।
गायिका रिमालले सामाजिक सञ्जाल फेसबुक मार्फत आफनो असन्तुष्टि ब्यक्त गरेकी हुन। उनले इमोजिसहितको स्ट्याटस लेख्दै लामिछानेलाई ‘कि सजाय देउ, कि विश्वकप खेल्न देउ’ भन्दै माग गरेकी छिन्।
उनले लेखेकी छिन्–‘दोषि भए कानुन अनुसार सजाय देउ, निर्दोष भए विश्वकप खेल्न देउ।’ मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासले आईतबार लामिछानेको मुद्दा हेर्न नमिल्ने भनी आदेश गरेको हो।
यसअघि मुख्य न्यायाधीश निरौला संलग्न इजलासले २३ चैतमा दुवै पक्षलाई झिकाउने आदेश गरेको थियो। प्रत्यर्थीहरू झिकाउने आदेशमा यसअघि नै संलग्न भएपछि हेर्न नमिल्ने आदेश भएको हो।
क्रिकेटर लामिछानेलाई जिल्ला अदालतले ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। फैसला चित्त नवुझाएर दुवै पक्ष उच्च अदालत पाटन पुगेका छन्। लामिछानेले आफू निर्दोष भएको दाबी गरेका छन् भने पीडित गौशाला २६ ले आफूलाई बालिग ठहर गरी लामिछानेलाई कम सजाय गरिएको भन्दै थप सजायको माग गरेकी छन्।
जिल्ला अदालतले सम्बन्धित स्थानीय तहबाट जन्मदर्ता सम्बन्धी कागजात फेरि झिकाउने भनी आदेश दिइसकेको थियो।