प्रहरीकै शंकास्पद मृत्यु, निर्माणाधिन भवनमा भेटियो घिमिरेको शव

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका—९, मनमैजुमा एक जना प्रहरी जवानको शंकास्पद मृत्यु भएको छ। खोटाङ घर भएका प्रहरी जवान युवराज घिमिरे शव निर्माणाधीन घरको तल भेटिएको प्रहरीले जनाएको छ।

सामाखुशीमा बस्ने र दरबारमार्ग स्थित ट्राफिक प्रहरी प्रभागमा कार्यरत प्रहरी जवान घिमिरे मनमैजुसम्म कसरी पुगे भन्ने खुलेको छैन। बिहीबार ड्यूटी सकेर निस्किएका उनी अपरान्ह मृत भेटिएको उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले बताए।

स्थानीयले खबर गरेपछि अनुसन्धानमा टोली परिचालन गरिएको उनको भनाई छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली घटनास्थलमा पुगेको थियो।

घटनास्थलमा पुगेका एक प्रहरी अधिकृतका अनुसार, निर्माणाधीन घरको तल उनी मृत अवस्थामा भेटिएका हुन्। शव भेटिएलगत्तै प्रहरीको केनाइन शाखाबाट तालिम प्राप्त कुकुरलाई पनि घटनास्थलमा लगिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट