बेलायती प्रधानमन्त्री सुनकलाई मनिषाले किन बोलाईन सगरमाथा आधार शिविरमा ?

काठमाडौं– ‘हीरामण्डी’ सिरिजको कार्यक्रममा लन्डन पुगेकी अभिनेत्री मनिषा कोइरालाले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई नेपाल भ्रमणको निम्तो दिएकी छिन्।
नेपाल र बेलायतबीच मैत्रीपूर्ण सम्बन्धको एक सय वर्षगाँठ मनाउन प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा सुनकले आयोजना गरेको समारोहमा सहभागि भएकी कोईरालाले सुनकलाई सगरमाथाको आधार शिविर भ्रमणका लागि निम्तो दिएकी हुन।
प्रधानमन्त्री सुनकसँग क्याजुअल रुपमा गफगाफ गरिरहेको तस्वीर इन्स्टाग्राममा पोष्ट गरेकी मनिषाले सगरमाथा आधार शिविर जानेगरी नेपाल आउन निम्ता दिएको उल्लेख गरेकी छिन्।
समारोहमा सुनकले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको विभिन्न आयामहरूको बारेमा बोल्दै द्विपक्षीय सम्बन्धमा ब्रिटिश गोर्खाहरुको योगदानको प्रशंसा गरेका थिए।
बेलायती राजा चार्ल्सको विगतको नेपाल भ्रमणको स्मरण गर्दै उनले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त बेलायतमा रहेका नेपाली डायस्पोराको काम र उपलब्धिबाट आफू प्रेरित भएको बताएका थिए।