रंगेली –४ का वडाअध्यक्ष मण्डलसहित १३ जनालाई पक्राउ गर्न अदालतको आदेश, सवै फरार

विराटनगर — जिल्ला अदालत मोरङले रंगेली नगरपालिका–४ का वडाअध्यक्ष अभदेश मण्डलसहित १३ जनालाई सरकारी कागज किर्ते अभियोगमा पक्राउ गर्न आदेश दिएको छ।

सरकारी कागज किर्ते गरेर अंशबण्डाको जमिन अंशीयारलाई एकलौटी पार्न सहयोग गरेको उनीहरुमाथि आरोप छ। अहिले वडाअध्यक्षसहितसबै फरार छन्। अदालतले किर्तेमा साक्षी बसेका रंगेली नगरपालिकाका उपमेयर झुमा पराजुली (निरौला) का पति गणेश निरौला, मालपोत कार्यालय विराटनगरका तामेली फाँटका प्रमुख तुलसीराम चौधरी, मालपोत कार्यालय रंगेलीका मुद्दा फाटका प्रमुख अर्जुन घिमिरे, लेखापढि व्यवसायी लोकनाथ निरौलासहित १३ जनालाई पक्राउ गर्न आदेश गरेको हो।

जिल्ला अदालतले ९ जेठ मा यस्तो आदेश जारी गरेको हो। प्रहरीका अनुसार रंगेली ४ आमतोलाका ७९ वर्षीय रामप्रसाद साहको नाममा रहेको जग्गा उनकी जेठी पत्नीका छोरालाई छलेर कान्छी पत्नीको नाममा ल्याउन किर्ते गरिएको थियो।

रङ्गेली ४ का वडाअध्यक्ष मण्डललाई आर्थिक प्रभावमा पारेर एकपक्षीय अंशियारका नाममा नामसार गरेको भन्दै जेठीतर्फका छोरा वीरेन्द्र साहले उजुरी गरेपछि यो मुद्दा आगाडि वढेको थियो। रामप्रसाद साहको नाममा साविक गाविस रंगेली वडा नं. ८ को नक्सा सिट नं. १७८०७१८ को किता नं. १५६ र १५७ रहेको २०५ र ३३८.६३ वर्ग मिटरको जग्गा जेठी पत्नी कलावतीका सन्तानलाई छलेर कान्छी पत्नी कौशीलाका छोरालाई मात्र अंशबण्डा गर्न सरकारी कागजपत्र किर्ते गरेको पाईएको थियो।

उक्त जग्गाको मुल्य अहिले करिब तीन करोड पर्ने स्थानीयहरु वताउँछन्। रामप्रसाद साहको ८ वैशाख २०७९ मा मृत्यु भएको थियो। उनको मृत्युपछि कान्छीतर्फका छोरा राजकिशोरले बिचौलियामार्फत् ठूलो रकम खर्चेर उक्त जग्गा आमा कौसिलादेवि साहको नाममा ल्याएको खुलेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट