ल्यापटपमा पेनड्राईभ छिराउँदा करेन्ट लागेर फोटोग्राफरको मृत्यु
विराटनगर– ल्यापटपमा पेनड्राईभ जोड्ने क्रममा करेन्ट लागेर मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियामा एक जनाको मृत्यु भएको छ।
आफ्नै फोटो स्टुडियोमा काम गर्दै गरेका सुनवर्षी–९ का ३५ वर्षीय उमेशप्रसाद साहको करेन्ट लागेर मृत्यु भएको हो। प्रहरीका अनुसार फोटो स्टुडियोभित्र काम गरिरहेका बेला सोमबार राति करिव साढे ९ बजे साहलाई करेन्ट लागेको थियो।
उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। अस्पताल पु¥याउनसाथ साढे १० बजे चिकित्सकले मृत घोषित गरेको मोरङ प्रहरीका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
यसैगरी, विराटनगर–८ देवकोटा चोकमा करेन्ट लागेर ४ वर्षीय बालकको मृत्यु भएको छ। देवकोटा चोकमा रहेको खानेपानी कार्यालयको क्वार्टरमा बस्दै आएका सुरज चौधरीका ४ वर्षीय छोरा टेरेन्स चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
सुरज खानेपानी कार्यालयका कर्मचारी हुन्। उनी पानी ‘सप्लायर्स’को जिम्मेवारीमा छन्। कोठाभित्रै खेल्ने क्रममा मल्टिप्लगबाट राति १० बजेतिर करेन्ट लागेर उपचारका लागि उनलाई गोल्डेन अस्पताल लगिएको थियो।
थप उपचारका लागि विराट टिचिङ अस्पताल पु¥याउनसाथ करिव साढे १२ बजे चिकित्सकले मृत घोषणा गरेको डीएसपी बस्नेतले बताए।
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

