जसपामा उपेन्द्र यादव एक्लो सांसद रहने खतरा, ४ सांसद लिएर पार्टी विभाजन गर्ने दाउमा राजकिशोर

काठमाडौं– अशोक राईले पार्टी फुटाएर हिडेपछि तनावमा रहेका जनता समाजवादी पार्टीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवमाथि अर्को संकट मडारिन थालेको छ।

आफनो नजिकका ठानिएका रेणु यादव, नवलकिशोर साह, रञ्जु ठाकुर (झा), राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियक राई, प्रदीप यादवलागयतका नेताले साथ छोडेपछि उनी तनावमा हुनु स्वभाविक हो। जसपामा भएका १२ मध्ये ७ सांसद अहिले अशोक राईको जसपा नेपालमा छन्।

तर, यति हुँदा पनि उपेन्द्रको पार्टीको असन्तुष्टि सेलाएको छैन। ज्वालामुखिको लाभा झै भित्रभित्रै मडारिँदै गरेको नेता राजकिशोर यादवको समूह कुनै पनि बेला पार्टी फुटाएर हिड्न सक्ने सम्भावना रहेको स्रोतको दावी छ।

जानकारी अनुसार राईभन्दा पहिलादेखि नै राजकिशोर उपेन्द्र यादवसँग असन्तुष्ट छन्। तर, उनी पार्टी फुटाउन सक्ने हैसियतमा थिएनन्। उनी असन्तुष्ट भएकै कारण उपेन्द्रले संसदको अन्तर्राष्ट्रिय तथा श्रम समितिको सभापति बनाइ दिएका थिए। संसदकै निकै महत्वपूर्ण समितिको सभापति बनाएर राजकिशोरको असन्तुष्टिलाई सम्बोधन गर्न खोजेका उपेन्द्रले अहिले भने उनैबाट धोका पाउने सम्भावना वढेको छ।

यता, राईले पार्टी विभाजनका क्रममा राजकिशोरसँग समन्वयनै नगरेपछि उनको छटपटी बढेको छ। उनी अहिले नयाँ अध्यादेश आए पार्टी विभाजन गरेर जान सकिने उपायको खोजीमा रहेको वताईन्छ। यस विषयमा उनले एमाले अध्यक्ष केपी ओलीसँग भेटेर छलफल समेत गरिसकेको वताईन्छ।

राजकिशोरले आफूसँग ४ जना सांसद रहेको बताउने गरेका छन्। उपेन्द्र यादवसँग अहिले रहेका ५ मध्ये ४ जना सांसद राजकिशोर यादवको पक्षमा भए जसपामा अव उपेन्द्र सिङ्गै एक्लो सांसद हुने अवस्था रहेको वताईन्छ।


प्रतिक्रिया

One thought on “जसपामा उपेन्द्र यादव एक्लो सांसद रहने खतरा, ४ सांसद लिएर पार्टी विभाजन गर्ने दाउमा राजकिशोर

Leave a Reply to md ajabul miya Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट