‘सन्दीपलाई अमेरिकाले भिषा नदिनुमा क्यानको षडयन्त्र, खेलाडी नै नभएको मान्छेलाई किन भिसा दिनु ?’

काठमाण्डौं– विश्वकप क्रिकेट नजिकिँदै गर्दा अहिले नेपालमा क्रिकेटर सन्दीप लामिछानेले भिसा नपाएको विषय चर्चामा छ। नेपाली खेलकूदको इतिहास अन्वेषण गरी गहकिलो पुस्तकसमेत प्रकाशित गरिसकेका खेलविज्ञ एवम पत्रकार नवीन अर्यालले भने क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले नै षडयन्त्र पुर्वक सन्दीपको भिसा रोकेको आरोप लगाएका छन्।

क्यानले अहिले सन्दीपमाथि ठूलो अन्याय गरेको उनको आरोप छ। ‘जसरी कुनैबेला सचिन तेन्दुलकर भारतको क्रिकेटको मेरुदण्ड भनेर चिनिन्थे, अहिले नेपालमा सन्दीप त्यही स्तरमा चर्चामा छन्’ उनले भनेका छन्–‘तर, यसमा क्यानले ठुलो षडयन्त्र गरेको छ।’

नेपाल क्रिकेट संघले आफ्नो १५ सदस्यीय क्रिकेट टिममा सन्दीपको नाम नै समावेश नगरेका कारण अमेरिकालाई भिसा दिनु पर्ने बाध्यता नरहेको उनको भनाई छ। ‘क्यानको कार्य समिति र विशेष क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले यो सबै खेलको जिम्मेवारी लिनुभएको छ’ उनी भन्छन्–‘कार्यसमितिलाई पनि पन्छाएर जसरी उहाँहरु व्यवस्थापनमा खटिनुभएको छ, त्यसैले यसमा सबैभन्दा बढि दोस म उहाँहरुको देख्छु।’

क्रिकेटको अन्तर्राष्ट्रिय नियममा प्रारम्भिक टिम सुरुमा नै पठाउने चलन रहेको र प्रतियोगिता हुनुभन्दा ४८ घण्टा भन्दा अगाडि खेलाडिको नाम फाइनल ड्राफ्ट हुने गरेको वताएका उनले त्यो नै अन्तिम मानिने जानकारी दिए।

तर, क्यानले फाइनल ड्राफ्टमा सन्दीपको नाम समावेश नगरेर षडयन्त्र गरेको उनको भनाई छ। ‘नेपालको राष्ट्रिय टिममा नै समावेश नभएको खेलाडिलाई कसरी भिसा दिने, त्यो सबैभन्दा महत्वपूर्ण कुरा हो। क्यानको अहिलेको नेतृत्व विशेषगरी चतुरबहादुर चन्द र पारस खड्काले १५ सदस्यीय टिममा उनको नाम किन नराखेको यो नै रहस्यमय छ।’ उनी थप्छन्–‘उहाँहरु सन्दीपको लागि चिन्तित छौं, उ नभए भंयकर हुन्छ भनेर बाहिर चाँहि आफ्नो फ्यानहरुलाई बेवकुफ बनाइराख्नुभएको छ। तर, टिममा नाम राख्न डराईरहनु भएको छ।’

सन्दीपको नाम १५ सदस्यीय टिममा राख्ने वित्तिकै आयोजक देशले भिसा दिन बाध्यकारी अवस्था आउने उनले वताए। ‘आइसिसिले सन्दीपको नाम त्यहाँ हुने वित्तिकै स्टेट डिपार्टमेन्टलाई भिसाको प्रक्रियाको लागि पहल गर्छ। तर यहाँ अहिले भिसा दिएन भन्दै मन्त्रीहरुकोमा धाउने तर नामचाहिँ नपठाउने अनौठो व्यवहार प्रदर्शन भएको छ।’– उनले भने।

सन्दीप र क्यानका सचिव पारश खड्काको सम्बन्धका कारण यो समस्या आएको उनको आँकलन छ। ‘उनले सबै क्रिकेटप्रेमीहरुलाई निराश पारेका छन् र सन्दीपको क्षमतालाई तिरस्कार गरेका छन्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट