खोलाले जिप बगाउँदा ७ वर्षको बच्चा र आमा वेपत्ता, ४ जनाको उद्वार
विराटनगर– इलाममा खोलाले बोलेरो जिप बगाउँदा दुई जना वेपत्ता भएका छन्। लारूम्बाबाट झापाको दमक झर्दै गरेको जिप इलामकै चुलाचुली गाउँपालिका–५ चपेटीभन्दा माथिको रतुवा खोलाले बगाएको हो।
चालकसहित ६ जना सवार जिप बगाएपछि ४ जनाको उद्वार भएको छ। तर, ७ वर्षको बच्चा र उनकी आमा बेपत्ता भएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।
चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरूङका अनुसार जीपको नम्वर र वेपत्ता दुवै जनाको पहिचान भएको छैन। इलाम प्रहरीका एसपी प्रभु ढकालले घटना भएको बारे जानकारी आएपनि पुर्ण विवरण नआएको वताए।
प्रतिक्रिया
लोकप्रिय
सप्तरीमा प्रदेश सांसद किरणकुमारी साहद्वारा सासु–ससुरामाथि ज्यादती, घरबाट निकालिएपछि १५ दिनदेखि भौतारिँदै वृद्ध दम्पती
