नेपाली क्रिकेट टिमको जर्सी लगाएर रास्वपाका संसदहरु संसद वैठकमा छिरेपछि…

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आज प्रतिनिधि सभा वैठकमा अनौठो ब्यवहार प्रस्तुत गरेका छन्। उनीहरु नेपाली क्रिकेट टिमको जर्सी लगाएर संसद वैठकमा प्रवेश गरेका छन्।

उनीहरु नेपाली क्रिकेट टीमको सम्मान र हौसलाका लागि संसद बैठकमा टीमको जर्सी लगाएर सहभागी भएका हुन। नेपाली टीमको हौसलाका लागि आफूहरू संसद बैठकमा नेपाली टीमको जर्सी लगाएर आएको सांसदहरुले प्रतिक्रिया दिए।

रास्वपाका सबै सांसदहरू जर्सीसहित संसदमा जाँदा अन्य दल र स्वतन्त्र सांसदहरू भने अरु दिनझैँ औपचारिक पोसाकमा पुगेका थिए।

नेपालले आईसीसी विश्वकपमा मंगलबार नेदरल्याण्डको सामना गर्दैछ। दोस्रो पटक आईसीसी टी–२० विश्वकपमा सहभागी भएको नेपालको सफलताका लागि राष्ट्रपति र प्रधानमन्त्रीसहित दलका नेताहरूले पनि शुभकामना दिइसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट