मोरङमा निजी विद्यालयको चर्को शुल्कको विरोध गर्दा ६ विद्यार्थी पक्राउ

विराटनगर– मोरङको रंगेली नगरपालिका कार्यालयमा तोडफोड गरेको आरोपमा ६ जना विद्यार्थी पक्राउ परेका छन्। उनीहरुमाथि प्रहरीले नगर प्रहरीमाथि आक्रमण गरेको अभियोगसमेत लगाएको छ।

पक्राउ पर्नेमा रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विवेक झा र रंगेली–२ का मिलन मिश्र छन्।

उनीहरुसहितको विद्यार्थीको समूहले बिहीबार पौने चार बजे नगरपालिका कार्यालय पुगेर नगर प्रहरीमाथि आक्रमण गर्दै तोडफोड गरेको मोरङ प्रहरी डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

विद्यार्थीको आक्रमणबाट ४ जना नगरप्रहरीहरू घाइते भएका छन्। साथै उनीहरूले नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि पनि दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ।

निजी विद्यालयहरूले मनपरी शुल्क असुलेको विषयमा आक्रोशित विद्यार्थीहरुले नगरपालिका गैरजिम्मेवार भएको आरोप लगाएका छन्। नगरपालिका रमिते भएको भन्दै विद्यार्थीहरुले १३ जेठमा नगरपालिकामा ज्ञापन पत्र समेत वुझाएका थिए।

तर, नगरपालिकाले कुनै चासो नलिएको भन्दै आक्रोशित उनीहरुले नगरमा तोडफोड गरेको विद्यार्थी समूहले बयान दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट