विराटनगरमा ट्यांकर र म्याजिक ठोक्किँदा एक जनाको मृत्यु, सप्तरीका ट्यांकर चालक पक्राउ

विराटनगर– विराटनगर महानगरपालिका–४ दूध फारममा सोमबार दिउँसो पेट्रोल बोक्ने ट्यांकर र म्याजिक भ्यान ठोक्कीँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

प्रदेश १–०४–००१ ज ००१४ नम्बरको म्याजिक भ्यान ना ७ ख १८७६ नम्बरको ट्यांकरसँग ठोक्किँदा म्याजिक चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ३० वर्षीय तिलक साहको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते साहलाई उपचारका लागि विराटनगरकै गोल्डेन अस्पताल लगिएकामा उपचारकै क्रममा पौने ५ वजे मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। दुर्घटनामा म्याजिकमा सवार विराटनगर महानगरपालिका–६ का ३६ वर्षीय शंकरप्रसाद शर्मा, ३५ वर्षीय मुन्नाकुमार दास, सुनसरीको दुहवी नगरपालिका–२ की ४० वर्षीया सविना खातुन, मोरङको रंगेली नगरपालिका–८ का २४ वर्षीय अमित सरदार र खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ का २२ वर्षीय सजिन मगर घाइते भएका छन्।

दुर्घटनापछि ट्यांकर चालक सप्तरीको हनुमाननगरका ३६ वर्षीय सञ्जय ठाकुरलाई पक्राउ गरिएको मोरङ प्रहरीका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट