नवलपरासीमा नाला खन्दा ढिस्कोले पुरिएर ३ जना मजदुर महिलाको मृत्यु

काठमाण्डौं– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नाला निर्माणका क्रममा माटोको ढिस्कोले पुरिएर ३ जना मजदुर महिलाको मृत्यु भएको छ।

कावासोती नगरपालिका–५ की ३२ वर्षीया चमेली दर्लामी, ५१ वर्षीया सेती राना र २६ वर्षीया तानमाया गाहाको मृत्यु भएको हो।

बिहिबार साँझ कावासोती नगरपालिका–२ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गर्दै गरेका उनिहरुलाई माटोको ढिस्कोले पुरेको थियो।

पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए भने दर्लामी वेपत्ता भएकी थिईन। केही समयपछि उनको शव निकालिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट