कोसीका पूर्वमुख्यमन्त्री केदार कार्कीको रिट खारेज, हिक्मतलाई सर्वोच्चको वैधता

विराटनगर– कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

यो सँगै हिक्मत कार्की नेतृत्वको एमाले–माओवादी गठबन्धन सरकारको वैधतामाथि उठेको प्रश्न निरुपण भएको छ। न्यायाधीशहरु कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले केदार कार्कीको माग अस्वीकार गरी मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्तिलाई संविधानसम्मत ठह¥याएको हो।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले रिट खारेज भएको र यसको पूर्णपाठ केही दिनमा आउने जानकारी दिए। एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले माओवादीलगायत सत्ता गठबन्धनका दलहरूको समर्थनमा ५२ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। उनले प्रदेशसभाबाट विश्वासको मत पनि लिइसकेका छन्। उनलाई पनि धारा १६८ को ५ नियुक्त गरिएको हो। कांग्रेस सांसद केदार कार्की २०८० असोज २७ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। पछि माओवादीले पनि उनलाई विश्वासको मत दिएको थियो।

तर गत फागुन २१ गते केन्द्रको सत्ता समीकरण परिवर्तन भएपछि उनी अल्पमतमा परेका थिए। २०८० चैत २६ गते एमाले र माओवादीका ५२ जना सदस्यले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट