रुपनीमा सेनिटरी प्याड भ्रष्टाचार प्रकरणः उजुरीकर्तालाई गोलीले उडाउने धम्की (अडीयोसहित)

राजविराज– सप्तरीको रुपनी गाउँपालिकामा भएको भनिएको सेनिटरी प्याड भ्रष्टाचार प्रकरणमा नयाँ अध्याय सुरु भएको छ। सेनिटरी प्याड आपुर्तिकर्ता संस्था लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजकी प्रोप्राईटर ललिताकुमारी साहका पति राजनारायण साहले उजुरी कर्तालाई गोली हानेर उडाउने धम्की दिएका छन्।
राजनारायणले राजुलाई गोलीले उडाउने र जहाँ भेटेपनि जुत्याउने (जुत्ताले हान्ने) भन्दै धम्की दिएको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। राजनारायणले राजुका एक जना साथीलाई फोन गरी ‘ललिताले सफाई पाएको’ समाचार सुनाई दिन भनेका छन्।
त्यसपछि दुई जनाबीच भएको सम्वादमा उनले राजुलाई आमाचकारी (अपशब्द) गाली गर्दै गोलीले उडाउने धम्की दिएका छन्। ‘भ्रष्टाचार विरुद्ध लड्ने ?’ भन्दै दागा धरेका राजनारायणले ‘त्यसको समय आईसकेको छ’ भन्दै धम्क्याएका छन्।
सेनिटरी प्याड भ्रष्टाचार प्रकरणमा विशेष अदालतले ११ असारमा सवै आरोपितलाई सफाई दिएको छ। विशेष अदालतका अध्यक्ष टेकबहादुर कुँवर, तेजनारायण सिंह राई र मुरारी बाबु श्रेष्ठको संयुक्त इजलासले मुद्दामा प्रतिवादी बनाइएका साहसहित प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव र नायब सुब्बा सुजन दाहाललाई सफाई दिएको हो।
आ.व. २०७७/०७८ मा ‘सेनीटरी प्याड’ खरिदमा भ्रष्टाचार भएको जनाउँदै अख्तियार दुरुपयोग अनुशन्धान आयोगले ११ माघमा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य समेत रहेकी साहसहित ५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
गाउँ कार्यपालिकाको मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानेटरी प्याड खरिद गरेको भन्ने उजुरी परेपछि छानबिन हुँदा भ्रष्टाचार भएको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताएका थिए।
ललिता कुमारी साहलाई अख्तियारले मतियारको रुपमा सजाय गरी बिगोसमेत असुल उपर गर्न माग गरेको थियो।
यो पनि,
- स्थापना दिवसका दिन प्रेस युनियनको नाटकः अख्तियारले डामेका मान्छे उचालेर पत्रकार महासंघमा ताला
- ‘सेनीटरी प्याड’ भ्रष्टाचार प्रकरणमा नेपाल पत्रकार महासंकी केन्द्रीय सदस्य ललिता साह ‘मतियार’
- भ्रष्टाचार आरोपीसहितको समिति बनाएर सीडीओको बजार अनुगमन
- ‘स्यानीटरी प्याड’ भ्रष्टाचार प्रकरणमा सप्तरीपछि धनुषामा पनि पत्रकार नै मुछिए, ९ जनाविरुद्ध मुद्दा
- रुपनीमा स्यानेटरी प्याड किन्दा भ्रष्टाचारः तत्कालीन प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध मुद्दा
- औषधी खरिदमा भ्रष्टाचार भएको उजुरी परेपछि रुपनीमा फेरी पस्यो अख्तियार
रुपनी गाउँपालिका मा भएको बहुचर्चित सेनेटरी प्याड सम्बन्धी भ्रष्टाचार प्रकरणमा कति फास्टट्रयाक बाट बिषेश अदालतले सफाइ दिएको प्रकरण हेर्नुहोस्।
१. २०८०/१०/ ११ गते बिषेश अदालतमा मुद्दा दायर
२. २०८१/२/९ साधारण तारिख
३. २०८१/२/२० मा फेरी साधारण तारिख
४. २०८१/२/३० साक्षी बकपत्र ( म निवेदक लाई सरकारी गवाही जानकारी नै दिएन।
५. २०८१/३/११ फैसला
सुशासन र अनियमितता को खोल ओढेर अख्तियार र बिषेश अदालतलाई पक्कै पनि प्रक्रिया मिच्ने छुट नहोला!