औषधी खरिदमा भ्रष्टाचार भएको उजुरी परेपछि रुपनीमा फेरी पस्यो अख्तियार

राजविराज– सप्तरीको रुपनी गाउँपालिकामा फेरी अख्तियार छिरेको छ।

सेनिटरी प्याडमा भ्रष्टाचार भएको भन्दै केही दिनअघि मात्रै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी र पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिता साहसहित ५ जनाविरुद्ध मुद्दा चलाएको अख्तियारको टोली आईतबार फेरी पुगेको हो।

आयोगको टोली इटहरी कार्यालयले गाउँपालिकामा पुगेर केही फाइल लगेको स्रोतको दावी छ। टोलीले गाउँपालिकाबाट औषधि खरिदसँग सम्वन्धित फाइल लगेको जनाईएको छ। जानकारी अनुसार औषधि खरिदमा भ्रष्टाचार भएको विषयमा आयोगमा उजुरी परेको छ।

सोही उजुरीका आधारमा छानविनका लागि टोलीले औषधी खरिदसँग सम्वन्धित फाईल लिएर गएको जनाईएको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तारणीप्रसाद यादवले पनि आयोगको टोलीले केही फाइल लगेको बताए।

कोरोना संक्रमणको वेलाका केही फाइल लगेको उनले जानकारी दिए।

एक महिनाअघि मात्रै स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र पत्रकार एवम् लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजकी प्रोप्राइटर ललिता साहविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनीहरूले ८ लाख ७४ हजार ३ रुपैयाँ भ्रष्टाचार गरी सरकारलाई हानिनोक्सानी पु–याएको आरोप छ। गाउँ कार्यपालिकाको मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानेटरी प्याड खरिद गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो। उक्त उजुरीमाथि छानबिन हुँदा भ्रष्टाचार भएको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।

आ.व. २०७७/०७८ मा सरकारले सशर्त अनुदानतर्फ सामुदायिक विद्यालयका छात्राहरूका लागि निःशुल्क प्याड वितरणका लागि बजेट विनियोजन भएको थियो। त्यसको खरिदका लागि पालिकाले सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ नियम ११ विपरीत काम गरेको पाइएको हो।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट