स्थापना दिवसका दिन प्रेस युनियनको नाटकः अख्तियारले डामेका मान्छे उचालेर पत्रकार महासंघमा ताला

काठमाडौं– नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारहरुले अख्तियारले डामेकाका कतिपय ब्यक्तिलाई उचालेर आईतबार नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालावन्दी गरेका छन्।
महासंघकै केन्द्रीय सदस्य रमेश खतिवडा र ललिता साहको अगुवाईमा पुगेका युनियनका पत्रकारहरुले आइतबार दिउँसो अध्यक्ष विपुल पोख्रेल र महासचिव रोशन पुरीको कार्यकक्षमा ताला लगाएका हुन्। उनीहरुले महासंघकै केन्द्रीय सदस्यको हैसियतमा तालावन्दी गरेको हुन।
उनीहरुले विभिन्न ६ वटा माग अघि सारेका छन्। नेपाल पत्रकार महासंघले देशभर शुद्धिकरण अभियान चलाएको छ। त्यो अभियानमा नियमित पत्रकारिता गरिरहेका व्यक्तिहरूलाई हटाउने काम भएको भन्दै ताला लगाईएको हो।
उनीहरूले विधान विपरितका गतिविधि बन्द गर्नुपर्ने लगायतका माग राखेका छन्। तर, विधानका कुरा गर्दै पत्रकारको कार्यालयमा तालावन्दी गर्न गएकी ललिताकुमारी साह आफैं अख्तियारले डामेकी ब्यक्ति हुन।
विद्यार्थीहरु महिनावारी हुँदा लगाउने ‘सेनिटरी प्याड’ मा समेत भ्रष्टाचार गरेको आरोपमा उनी विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। मुलुकको कानुन अनुसार अख्तियारले मुद्दा दर्ता गरेपछि उनी स्वत पत्रकार महासंघको केन्द्रीय सदस्य तथा गोरखा पत्रको सम्वाददताबाट निलम्विन हुनु पर्ने हो। तर, युनियनका अध्यक्ष विपुल पोखरेलको संरक्षमा उनलाई जोगाएर राखिएको कतिपय युनियनकै पत्रकारहरु वताउँछन्। यतिमात्रै होईन, साहलाई पत्रकार महासंघले कोशी प्रदेशका पहाडी जिल्लामा साधारण सभा गराउन केन्द्रीय प्रतिनिधि नै बनाएर पठाएको उनीहरु वताउँछन्।
उनै साहसहितले अगुवाई गरेर प्रेस युनियनको स्थापना दिवसकै दिन आज पत्रकारहरुको कार्यालयमा तालवन्दी गरिएको हो। आज प्रेस युनियनको ३३औं स्थापना दिवस हो।
सप्तरीको रुपनी गाउँपालिकामा भएको सेनेटरी प्याड भ्रष्टाचार प्रकरणमा साहसहित ५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुशन्धान आयोगले ११ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनी सेनिटरी प्याड आपुर्तिकर्ता संस्था लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजकी प्रोप्राइटरको हैसियतमा मुद्दामा तानिएकी हुन।
अख्तियारले मुद्दा दायर गरेको मितिदेखि नै ललिता पत्रकारसँग सम्वन्धित संस्थाबाट स्वतः निलम्वनमा परेकी छिन्। अख्तियार दुरुपयोग अनुशन्धान आयोग ऐन ०४८ को दफा १७ मा ‘मुद्दाको किनारा नभएसम्मको अवधिभर त्यस्तो व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन भएको मानिनेछ।’ भन्ने उल्लेख छ।
स्रोतका अनुसार साहको कम्पनीले सप्तरीकै शम्भुनाथ नगरपालिकामा पनि सेनिटरी प्याडको आपुर्ती गरेको थियो। यस विषयमा सूचना माग गर्दा नगरपालिकाले उपलब्ध गराएको छैन। त्यहाँ भएको आपुर्तीका विषयमा भने अहिलेसम्म अख्तियारले पनि छानविन गरेको छैन।
यो पनि
- भ्रष्टाचार आरोपीसहितको समिति बनाएर सीडीओको बजार अनुगमन
- ‘स्यानीटरी प्याड’ भ्रष्टाचार प्रकरणमा सप्तरीपछि धनुषामा पनि पत्रकार नै मुछिए, ९ जनाविरुद्ध मुद्दा
- ‘सेनीटरी प्याड’ भ्रष्टाचार प्रकरणमा नेपाल पत्रकार महासंकी केन्द्रीय सदस्य ललिता साह ‘मतियार’
- रुपनीमा स्यानेटरी प्याड किन्दा भ्रष्टाचारः तत्कालीन प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध मुद्दा