संखुवासभामा पहिरोसँगै झेरेको ढुङ्गाले लागेर सासु–बुहारीको मृत्यु

विराटनगर– संखुवासभामा पहिरोसँगै खसेको विशाल ढुंगाले लागेर मंगलबार विहान सासु वुहारीको मृत्यु भएको छ।

सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा बिहान खसेको पहिरोको ढुंगाले लागेर ५५ वर्षीया मोतिमाया राई र उनकी वुहारी २५ वर्षीया समीक्षाको मृत्यु भएको हो।

सिलिचोङ गाउँपालिकाका अध्यक्ष भूपालराज मेहवाहाङका अनुसार ढुङ्गाले लागेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी छिन्।

उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट