उदयपुरमा दुईटा साईकल जुधेर एक जनाको मृत्यु, एक जना पक्राउ

राजविराज– उदयपुरमा दुईटा साईकल ठोक्किदा विहिबार एक जनाको मृत्यु भएको छ। अर्को साईकल चालकलाई प्रहरीले पक्राउ गरेको छ।

गाईघाटबाट जलजलेतर्फ जाँदै गरेको साइकल अर्कोतर्फ जाँदै गरेको साईकलसँग ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा परेर त्रियुगा नगरपालिका ५, देउरीका २५ वर्षीय विनोद विष्ट घाईते भएका थिए।

विष्टलाई जिल्ला अस्पताल उदयपुरमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि विराटनगर स्थित न्युरो अस्पताल पठाईएको हो। उपचारकै क्रममा साँझ ७ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुले जनाएको छ।

अर्का साइकल चालक उदयपुरगढी गाउँपालिका ८ घर भई त्रियुगा नगरपालिका–३ मा रहेको मामा घरमा बस्दै आएका १७ वर्षीय दिनेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

2 thoughts on “उदयपुरमा दुईटा साईकल जुधेर एक जनाको मृत्यु, एक जना पक्राउ

  1. साइकलमा पनि हेल्मेट अनिवार्य गर्नु पर्ने भयो।

Leave a Reply to Rajkumar Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट